वीरगञ्ज महानगरमा सिंहको अग्रता, दोब्बरभन्दा बढी मतले सरावगी पछाडि

काठमाडाैँ । वीरगञ्ज महानगरपालिकाकाे मेयरमा गठबन्धनबाट जनता समाजवादी पार्टीकाका मेयर उम्मेदवार राजेशमान सिंहले अग्रता कायम राखेका छन्।

सिंहले ९ हजार ७६८ मतसहित अग्रता कायमै राखेका हुन्। उनलाई एमालेका विजयकुमार सरावगीले ४ हजार २८६ मतसहित पछ्याइरहेका छन्। निवर्तमान मेयर सरावगी गठबन्धनभन्दा ५ हजार ४८२ ले पछाडि छन्।

उपमेयरमा कांग्रेसका इम्तियाज आलम ६ हजार ६६१ मतसहित पहिलो स्थानमा रहेका छन्। उपमेयरमै लोकतान्त्रिक समाजवादी पार्टीका पुरुषोत्तमलाल झाले १०८१ मात्रै ल्याएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *