धनगढी उपमहानगरका स्वतन्त्र मेयर उम्मेदवार हमाल दोब्बरभन्दा बढी मतसहित अगाडि

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले मतान्तर निरन्तर फराकिलो बनाउँदै लगेका छन्।

पछिल्लो सार्वजनिक मतगणनाअनुसार १९ हजार ५६० मत गन्दा हमालले ९ हजार ३० मत पाएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनकातर्फबाट कांग्रेसका उम्मेदवार नृपबहादुर वडले ४ हजार ३८६ मत पाएका छन्। यो ४ हजार ६४४ मतको मतान्तर हो। एमालेका रणबहादुर चन्दले २ हजार ११८ मत प्राप्त गरेका छन्।

यस्तै, उपमेयरमा गठबन्धनका तर्फबाट माओवादीकी शान्ति अधिकारीले ३ हजार ९०४ मत पाएकी छन्। उनलाई प्रतिस्पर्धी एमालेकी कन्दकला रानाले ३ हजार ६८६ मतसहित पछ्याइरहेकी छन्। स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले भने २ हजार १९३ मत पाएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *