मोरङको कानेपोखरीमा एमालेकी इङ्नाम र अधिकारी विजयी

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकामा नेकपा एमालेले विजय हासिल गरेको छ।

यसअघि, उपाध्यक्ष रहेकी राजमति इङ्नाम यसपटक अध्यक्ष पदमा निर्वाचित भएकी हुन्। इङ्नाम ८९७५ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। उनले नेपाली कांग्रेसका सन्जय भट्टराईलाई पराजित गरेकी हुन्। भट्टराईले भने ५८४६ मत मात्र प्राप्त गरेका।

उपाध्यक्षमा पनि एमालेकै भोलाप्रसाद अधिकारी निर्वाचित भएका छन्। उनले ९५७० मत प्राप्त गर्दा नेपाली कांग्रेसकी मनकुमारी गुरुङले ७८१८ मत पाएकी छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *