बाजुराको बडिमालिका : मेयर जित्ने र हार्ने दुवै पूर्वपत्रकार, उपमेयर पनि पत्रकार

धनगढी । बाजुराको सदरमुकाम मार्तडीमा रहेको बडिमालिका नगरपालिकाको मेयर उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । मेयरमा अम्मरबहादुर खडका र उपमेयरमा नन्दाकुमारी थापा विजयी भएकी छन् ।

विजयी खडकाले ४ हजार ९ मत ल्याएका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका धनराज पण्डितले ३ हजार ५ सय ५२ मत ल्याए । त्यस्तै उपमेयरमा विजयी थापाले ४ हजार २ सय ३३ मत ल्याइन् । उनका निकटतम प्रतिस्पर्धी राधिकाकुमारी सिंहले ३ हजार ३ सय ५१ मत ल्याइन् ।

मेयरमा विजयी खड्का केही वर्ष अघिसम्म काठमाडौको दृष्टि साप्ताहिकमा काम गर्थे । उनीसंग पराजित पण्डित पनि पूर्वपत्रकार हुन् । उनी पनि पत्रकारिता गरेरै राजनीतिमा आएका व्यक्ति हुन् ।

यस्तै उपमेयरमा विजयी थापा पनि पत्रकार हुन् । उनी उपमेयरको उम्मेदवार हुनु अघिसम्म पनि सक्रिय पत्रकारितामा थिइन् ।

खड्का र थापाको टीमले ०७४ सालको चुनावमा कांग्रेसले जितेको वडीमालिकामा एमालेलाई जिताएको हो । ९ वटा वडा रहेको बडिमालिकामा सा वटा वडा नेकपा एमाले र दुई वटा नेपाली कांग्रेसले जितेको छ ।

२०७४ सालमा नगरप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार सँग नेकपा एमालेका उम्मेदवार ३८ मतले पराजय भएका थिए । यो पटक एमाले नगरप्रमुख सँग कांग्रेसका मेयर ठूलो मतअन्तरले पराजय भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − ten =