संसदमा एमालले भन्याे, चुनावमा धाँधली भयाे

काठमाडौँ । नेकपा एमालेले स्थानीय तह निर्वाचनमा धाँधली भएकाे आराेप लगाएकाे छ ।

संसदको ११औँ अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै एमाले सांसद प्रदीप ज्ञवालीले स्थानीय चुनावमा धाँधली भएकाे आराेप लगाएका हुन् ।

संसदमा बाेल्दै उनले भने, ‘पहिला त सरकारले निर्वाचन नै गराउन चाहेको थिएन । अन्तिम समयमा पनि चुनाव सार्ने तयारी गरेको थियो । चुनावमा राज्यशक्ति प्रयोग गरेर धाँधली गरियो, यो संसदमा रेकर्ड गराउन चाहन्छौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − one =