विराटनगरमा बदर मतकाे चाङ, २८ हजार गणना हुँदा ७६३७ मत बदर

विराटनगर । विराटनगर महानगर पालिकामा बदर मतको चाङ लागेको छ । २८ हजार ०८९ मत गणना गर्दा ७ हजार ६३७ मत बदर भएको छ ।

संख्याका आधारमा मेयर र उपमेयरको बदर मतलाई हेर्दा यो संख्या बढेको देखिएको छ । वडागत तथ्यांकलाई आधा मान्ने हो भने बदर मत उपमेयरमा बढी देखिएको छ । गठबन्धनको प्रभावका कारण बढी बदर मत देखिएको नेताहरुले बताएका छन् ।

विराटनगर महानगरपालिकाको वडा १ मेयरमा ८७५ मत बदर हुँदा उपमेयर १६२९ मत बदर भएको छ । वडा २ मेयर ६२३ र उपमेयर ११४६ मत बदर छ । त्यस्तै वडा नम्बर ३ मा मेयरमा ११६ र उपमेयरमा २७१ मत बदर छ ।

वडा नम्बर ५मा मेयरको २६६ मत बदर हुँदा उपमेयरमा ४५१, वडा नम्बर ६ मा मेयर १८९ मत बदर हुँदा उपमेयर ३६८ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । वडा १३मा मेयर ३३८ र उपमेयर ५५० मत बदर हुँदा वडा १४मा मेयर २६० र उपमेयर ३१० मत बदर देखिएको छ ।

वडा १५ मा मेयर ५३५ र उपमेयर ६२७ मत बदर हुँदा वडा नम्बर १६ मा मेयरको ७५६ र उपमेयरको ११०२ मत बदर भएको छ । वडा नम्बर १७ मा मेयरको १७०१ र उपमेयर १७६१ मत बदर भएको छ । वडा नम्बर १८ मा मेयरको ११२५ मत बदर हुँदा उपमेयर १५१२ मत बदर भएको अबस्थामा वडा नम्बर १९ मा मेयरको ८५३ र उपमेयरको १५३७ मत बदर भएको छ ।
विराटनगर महानगरपालिकाको मेयरमा ७५३७ मत बदर भएको अबस्थामा उपमेयरको ११ हजार २ सय ६५ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

बदर मत बढ्नुको कारणलाई मतदाता शिक्षाको अभाव, गठबन्धनको नाममा धेरै ठाउँमा मत हाल्नु पर्ने र अलमलिने लगायको कारण रहेको बुझाई दलका नेताहरुको छ । अरु वडामा मत गणना जारी रहेको छ ।

वडा नम्बर १, २, १६, १७, १८ र १९ नम्बर वडाको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ । वडा नम्बर ८, ९, १० र ११ बाहेकका सबै वडामा मत गणना भइरहेको सहायक निर्वाचन अधिकृत हेमबहादुर बुढाथोकीले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *