नवलपरासी हुप्सेकोटको अध्यक्ष-उपाध्यक्षमा कांग्रेस विजयी

काठमाडौँ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन्।

६ वटा वडा रहेको हुप्सेकोटमा सबै वडाध्यक्षसहित गाउँपालिका अध्यक्ष र उपाध्यक्षमासमेत कांग्रेसका उम्मेदवार निर्वाचित भएका हुन्। जिल्ला निर्वाचन अधिकारी लालप्रसाद शर्माका अनुसार अध्यक्षमा कांग्रेसका उम्मेदवार लक्ष्मीदेवी पाण्डे निर्वाचित भएकी हुन्। उनी यसअघि पनि अध्यक्षमा निर्वाचित भएका हुन्। पाण्डेले ६ हजार ४५५ प्राप्त गरी निर्वाचित हुँदा उनका प्रतिस्पर्धी नेकपा (एमाले)का चेतबहादुर रानाले पाँच हजार ७४१ मत प्राप्त गरेका छन्।

उपाध्यक्षमा कांग्रेसकै पूर्णसिंह राना निर्वाचित भएका छन्। रानाले छ हजार ७०५ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी एमालेकी मनी पाण्डेले पाँच हजार ७३८ मत प्राप्त गरेकी छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *