बाँकेको राप्तीसोनारीको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

काठमाडौँ । बाँकेको राप्तीसोनारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।

अध्यक्ष पदका उम्मेदवार तप्तबहादुर पौडेलले १० हजार ११२ र उपाध्यक्षमा मनिषासिंह थारुले १० हजार १३४ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत टोपेन्द्र केसीले जानकारी दिए। पौडेलका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका पट्टु थारुले ९ हजार २९२ र नेकपा एमालेका रामदास थारुले ९ हजार १४० मत पाएका छन्। थारुकी निकटतम प्रतिस्पर्धी एमालेकी चमेली बागवलले ९ हजार ३४१ मत पाउँदा माओवादी केन्द्रकी मञ्जु रोकायाले ८ हजार ७९३ मत पाएकी छन्।

सो पालिकामा नेकपा एमालेले पाँच, राप्रपा एक, र माओवादी केन्द्रले तीन वडामा जीत हासिल गरेको छ। पालिकमा ३२ हजार ९६७ मत खसेकोमा करिब सात प्रतिशत मत अध्यक्ष र उपाध्यक्षमा बदर भएको निर्वाचन अधिकृत केसीले जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *