वीरगञ्जमा गठबन्धनका सिंहकाे अग्रता कायमै

काठमाडाैँ । वीरगञ्ज महानगरपालिकाकाे मेयरमा गठबन्धनबाट जनता समाजवादी पार्टीकाका मेयर उम्मेदवार राजेशमान सिंहले अग्रता कायम राखेका छन् ।

सिंहले ८ हजार २०७ मतसहित अग्रता कायमै राखेका हुन् । उनलाई एमालेका विजयकुमार सरावगीले ३ हजार ६६५ मतसहित पछ्याइरहेका छन् । निवर्तमान मेयर सराबगी गठबन्धनभन्दा ४ हजार ५४२ ले पछाडि छन् ।

उपमेयरमा कांग्रेसका इम्तियाज आलम ५ हजार ९९६ मतसहित पहिलो स्थानमा रहेका छन् । उपमेयरमै लोकतान्त्रिक समाजवादी पार्टीका पुरुषोत्तमलाल झाले ९१४ मात्रै ल्याएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *