दार्चुलामा एक पुरुष मृत फेला

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकामा एक पुरुष मृत भेटिएका छन् । शैल्यशिखरको वडा नम्बर ६ ग्वानी सुन चढाउने ढुङ्गा नजिक बजानीको आसपास एकजना अन्दाजी ६५ वर्षका पुरुष मृत अवस्थामा भेटिएका छन् ।

पुरुष मृत भेटिएपछि इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट इन्सपेक्टरको नेतृत्वमा प्रहरी टोली खटिएको छ ।

ग्वानीमा सोमबार मात्रै हाइस दुर्घटना हुँदा तीन जना पुरुषको ज्यान गएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *