दार्चुलामा कांग्रेस ‘क्लिन स्वीप’

दार्चुला । दार्चुलामा नेपाली कांग्रेस क्लिन स्वीप भएकाे छ ।  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूको जिल्लासमेत रहेकाे दार्चुलामा नेपाली कांग्रेस ‘क्लीन स्वीप’ भएको हाे ।

यसपटककाे स्थानीय तह निर्वाचनमा दार्चुला साबै स्थानीय तहमा कांग्रेसकाे लज्जास्पद हार भएकाे हाे । २०७४ सालको निर्वाचनमा नौ स्थानीय तहमध्ये ५ वटामा विजय हासिल गरेकाे नेपाली कांग्रेसले ५ वटासँगै सबै स्थानीय तहमा हार ब्यहाेरेकाे हाे ।

२०७४ सालमा दार्चुलाको महाकाली नगरपालिका, दुहुँ, ब्यास, मालिकार्जुन र शैल्यशिखर गाउँपालिकामा नेपाली कांग्रेसले जितेको थियो ।

यसपटककाे स्थानीय निर्वाचनमा दार्चुलाका ६ वटा स्थानीय तहमा नेकपा एमाले विजयी भएकाे छ भने ४ वटामा माओवादी केन्द्र विजयी भएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *