मोरङको १० पालिकामा एमाले र ७ पालिकामा कांग्रेस अगाडि

विराटनगर । मोरङका ७ पालिमा नेपाली कांग्रेस र १० वटा पालिकामा एमालेले अग्रता कायम गरेका छन् ।

मोरङका १७ पालिका मध्ये विराटनगर महानगरपालिका सहित २ नगरपालिका र ३ गाउँपालिकामा कांग्रेस अग्रस्थानमा छ भने एउटा पालिकामा निर्वाचित भएको छ । मिक्लाजुङ गाउँपालिका प्रमुखमा कांग्रेसले जितेको छ भने उपाध्यक्षमा माओवादीले जितेको छ।

त्यस्तै, बिराटनगर महानगरपालिकामा नेपाली कांग्रेस एमाले भन्दा २३३३ मत ले अगाडि छ । सुन्दर हरैँचा र रतुवामाई नगरपालिकामा पनि कांग्रेसकै अग्रता रहेको छ। यी दुई पालिकामा नेपाली कांग्रेस र नेकपा माओवादीका बिचमा गठबन्धन भएको थियो ।

नेकपा एमालेले अग्रता लिएको पालिकाहरुमा सबैभन्दा बढी मतान्तरले कानेपोखरीमा अग्रता कायम राखेको छ। कानपोखरीमा झण्डै ४ हजारको मतान्तरका बिच एमाले अगाडि छ ।

त्यस्तै, लेटाङ नगरपालिका, पथरी शनिश्चरे नगरपालिका, उर्लावारी नगरपालिका, बेलवारी नगरपालिका, सुनवर्सी नगरपालिका र रंगेली नगरपालिकामा एमाले अगाडि छ ।

त्यस्तै, धनपालथान, बुढीगंगा, केरावारी गाउँपालिकामा पनि नेपाली कांग्रेस भन्दा एमाले अगाडि रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *