पोखरा महानगरमा गठबन्धनका आचार्यको अग्रता कायमै

काठमाडौँ । पोखरा महानगरपालिकामा २१९६० मतगणना हुँदा गठबन्धनले अग्रता कायम राखेको छ।

पछिल्लो मतपरिणामअनुसार मेयरमा गठबन्धन (नेकपा एकीकृत समाजवादी)का उम्मेदवार ले धनराज आचार्य ९१६५ मतसहित अगाडि छन्।गठबन्धनका आचार्यलाई पछ्याउँदै नेकपा एमालेका कृष्ण थापाले ७७७४ मत प्राप्त गरेका छन्।

यस्तै, उपमेयरतर्फ गठबन्धन (नेपाली कांग्रेस)की कोपिला रानाभाटले ९४६१ मतसहित अग्रता लिएकी छन् भने उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी मन्जु गुरुङले ८८३१ मत प्राप्त गरेका छन्।

मतगणना जारी छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *