विराटनगरमा अग्रता फराकिलो बनाउँदै नागेश

विराटनगर । विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसले अग्रतालाई कायम राखेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली कांग्रेसका नागेश कोइरालाले ९००० मत ल्याउँदा नेकपा एमालेका सागर थापाले ६६६७ मत प्राप्त गरेका छन् । कोइरालासँग थापाको मतान्तर बढेर २३३३ पुगेको छ । स्वतन्त्र उम्मेदवार उमेश यादवको लालटिनले २८२५ मत प्राप्त गरेका छन् ।

उपमेयर पदको लागि नेकपा एमालेको शिल्पा कार्कीले ७६४६ मत ल्याउँदा गठबन्धनका उम्मेदवार जसपाका अमरेन्द्र यादवले ४८४४ मत प्राप्त गरेका छन् । पछिल्लो मत परिणाम अनुसार गठबन्धनका उपमेयरका उम्मेदवार यादवभन्दा एमालेकी कार्कीले २८०२ मतले अग्रता लिएकी छिन् । राप्रपाकी विन्दाकुमारी लुइँटेलले २३०२ मत प्राप्त गरेकी छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *