धनकुटाको प्रमुखमा एमालेका चिन्तन तामाङ्ग विजयी

काठमाडौँ । धनकुटा नगरपाालिकामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले जित हासिल गरेको छ।

नगरपालिकाको मेयरमा चिन्तन तामाङ्गले ७६६६ मतसहित नेपाली काँग्रेस प्रतिस्पर्धी उम्मेदवार दिनेश राईपछि पारेका हुन् । राईले भने ७६५२ मत पाएका छन् ।

त्यस्तै, उपमेयरमा पनि नेकपा एमालेनै अगाडि देखिएको छ । एमालेकी भीमा देवी खनालले उपमेयरमा ७१९६ मतसहित नेकपा माओवादीका उम्मेदवार गणेश बहादुर विष्टलाई हराएकी हुन्।

उनले ६६२९ मत पाएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *