पाँचथरमा गठबन्धनको वर्चस्व

विराटनगर । पाँचथरको याङबरक गाउँपालिकामा गठबन्धनबाट नेपाली कांग्रेस निर्वाचित भएको छ । २१३४ मत ल्याउँदै  मविन्द्र योङया निर्वाचित भएका हुन् । उनका प्रतिद्धन्दी एमालेका भीमबहादुर योङ्याले १९६२ मत प्राप्त गरे ।

उपाध्यक्षमा गठबन्धनकै माओवादी केन्द्रका अर्जुन कुमार बेघा निर्वाचित भएका छन् । उनले २०४२ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी एमालेका बावा मेयाङवोले १८५६ मत पाइन् ।

पाँचथरकै हिलिहाङ गाउँपालिकामा पनि गठबन्धनले कब्जा गरेको छ । कांग्रेसका समरबहादुर अधिकारीले ४५६५ मत प्राप्त गर्दा एमालेका भवानीप्रसाद लिङ्देनले ४३५८ प्राप्त गरे । उपाध्यक्षमा भने नेकपा एमालेका सुमित्रा उप्रेती सेढाईँले ४१४६ मत ल्याएर निर्वाचित भइन् ।

फालेलुङ  गाउँपालिकामा नेपाली कांग्रेसका वीर विक्रम थाम्सुहाङ ५७७९ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी एमालेका जयप्रकाश केरुङले २६२१ मत मात्र ल्याए । उपाध्यक्षमा गठबन्धनबाट माओवादीका महेन्द्रहाङ जवेगुले ५२१४ मत ल्ल्याएर विजयी भए ।  उनका निकटतम प्रतिस्पर्धी सुजाता वान्तवा राईले २८७५ मत मात्र प्राप्त भइन् ।

कुम्मायक गाउँपालिकामा नेपाली कांग्रेसका वंमप्रसाद लावतीले ३०५७ मत ल्याएर विजयी हुँदा एमालेका भीमप्रसाद सम्बाहाम्फे लिम्बुले २९०० मत मात्र पाए । उपाध्यक्षमा नेकपा माओवादीका महेन्द्रबहादुर खड्काले २७५८ले मत ल्याउँदा एमालेका सिता आचार्य २७२४ मत मात्र प्राप्त गरिन् ।

फाल्गुनन्द गाउँपालिकामा नेपाली कांग्रेसका बृजहाङ आङदेम्बेले ५७३९ मत ल्याएर विजयी हुँदा एमालेका वीरबहादुर कुरुम्वाङले ४६४३ मत मात्र पाए । उपाध्यक्षमा माओवादी केन्द्रका ठाकुर सिंह नेम्बाङले ४९०७ मत ल्याएर विजयी हुँदा एमालेका वविता नेम्वाङले ४४४३ मत मात्र ल्याइन् ।

तुम्वेवा गाउँपालिकाको अध्यक्षमा बाबुराम खड्का निर्वाचित हुँदा उनले २७१८ मत ल्याए भने उनका प्रतिद्वन्द्वी एमालेका गोविन्द बहादुर तामाङले २३११ मत पाए । उपाध्यक्षमा माओवादी केन्द्रका खड्ग सुन्दर सम्वाहाम्फेले २७०८ मत प्राप्त गरेर विजयी हुँदा एमालेका नन्दकुमारी विश्वकर्माले २००९ मत मात्र पाइन् ।

मिक्लाजुङ गाउँपालिकामा गठबन्धनको अग्रता कायम रहेको छ भने एमाले पछ्याई रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *