संखुवासभाको मकालु गाउँपालिकामा गठबन्धन विजयी

विराटनगर । संखुवासभाको मकालु गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । नेपाली कांग्रेसका आङ्दी छिरिङ शेर्पाले ३०१७ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका भरतकुमार कटुवालले २४७८ मत मात्र ल्याउन सके ।

त्यस्तै उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी २७ वर्षीय मनकला राईले २७५९ मत ल्याएर विजयी भइन् । एमालेकी चमेली राई याम्फुले २०३३ मत मात्र ल्याउन सफल भइन् ।

यो पालिकामा माओवादी र कांग्रेस बिच तालमेल भएको थियो । ६ वटा वडा रहेको यो पालिकामा तीनवटा वडामा एमाले, २ वटा वडामा माओवादी केन्द्र र एउटा वडामा नेपाली कांग्रेसले जितेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *