संखुवासभाको भोटखोलामा एमाले निर्वाचित

विराटनगर । संखुवासभाको भोटखोला गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ ।

प्रमुख तथा उपप्रमुख दुवै पदमा एमाले निर्वाचित भएको हो । नेकपा एमालेका वाङ छेदर लामा १८०३ मत ल्याउँदै निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका चुङदाक भोटेले १४१६ मत प्राप्त गरे ।

उपाध्यक्षमा एमालेकी ३१ वर्षीय सहना लामाले १७९१ मत प्राप्त गर्दै निर्वाचित भइन । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी डुक्पा थिकेपा भोटेले १५३६ मत प्राप्त गरिन् । ५ वटा वडा रहेको यो पालिकामा वडा नम्बर १ मा नेपाली कांग्रेसले जितेको छ भने अरू ४ वटा वडामा एमाले निर्वाचित भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *