एमालेको गढ मिक्लाजुङमा गठबन्धन विजयी

विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिकामा गठबन्धन निर्वाचित भएको छ। नेपाली कांग्रेसका बवीकुमार राई ८२५३ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका नरेन्द्रप्रसाद ढुंगेलले ४९१६ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा पनि गठबन्धननै निर्वाचित भयो । गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका दिनेश पौडेल निर्वाचित भएका छन् । उनले ५६२६ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी निर्मला राईले ५४५५ मत प्राप्त गरिन् । २०७४ सालको निर्वाचनमा यो पालिकामा नेकपा एमाले निर्वाचित भएको थियो ।

वडा नम्बर १ मा नेपाली कांग्रेसका पर्वत राई ९२१ मत, वडा नम्बर २ मा नेपाली कांग्रेसका बलबहादुर श्रेष्ठ ६०६ मत, वडा नम्बर ३ मा नेकपा एमालेका सन्तोषकुमार मगर ८९८ मत प्राप्त गरे । त्यस्तै वडा नम्बर ४ मा नेपाली कांग्रेसका विशाल राई ९०८ मत प्राप्त गरेर निर्वाचित भए ।

वडा नम्बर ५ मा नेकपा माओवादी केन्द्रले ३८१ मत प्राप्त गर्दै विजयी भयो । वडा नम्बर ६ मा खडीबहादुर मगर ११२२ मत प्राप्त गर्दै निर्वाचित भए । वडा नम्बर ७ मा ८७१ मत प्राप्त गर्दै सुशिलराज चौहान निर्वाचित हुँदा वडा नम्बर ८ मा नेकपा माओवादीका पूर्ण बहादुर कुवरले ८०० मत पाएर विजयी भए ।

वडा नम्बर ९ मा पनि नेपाली कांग्रेसले नै जीत हासिल गरेको छ । २०७४ सालको चुनावमा दुई वडा बाहेक सबैमा एमालेले वडा अध्यक्ष जितेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *