केरावारीमा एमालेको अग्रता, ४ वटा वडाको परिणाम सार्वजनिक 

विराटनगर । मोरङको केरावारी गाउँपालिकामा नेकपा एमालेले अग्रता कायम राखेको छ  । एमालेका सुमन मिरिङचिङ मगरले ४३७६ मत प्राप्त गर्दा नेपाली कांग्रेसका रोहितकुमार कार्कीले ३५६६ मत प्राप्त गर्दै पछ्याइरहेका छन्  ।

त्यस्तै उपाध्यक्षमा एमालेकी मनमाया मगरले ४१७७ मत प्राप्त गर्दा  कांग्रेसकी सुभद्रा राईले  ३५५३ मत ल्याउँदै उनलाई पछ्याई रहेकी छिन् । अहिलेसम्म वडा नम्बर ४ सम्मको परिणाम सार्वजनिक भइसकेको छ। वडा नम्बर १ देखि ३ सम्म एमालेले जितेको छ भने वडा नम्बर ४ मा नेपाली कांग्रेस विजयी भएको छ ।

वडा नम्बर १ मा शरण थापामगर ६६२, वडा नम्बर २ मा प्रेमबहादुर लिम्बु ७०६ र वडा नम्बर ३ मा रामचन्द्र शाहीले ५१० मत प्राप्त गर्दै विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  वडा नम्बर ४ मा नेपाली कांग्रेसका शिवप्रसाद तामाङले ५०५ मत प्राप्त गरेर विजयी भए । मत गणना जारी रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *