इटहरीमा कांग्रेस अघिअघि, एमाले पछिपछि

विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायम राखेको छ ।

पछिल्लो मत परिणाम सार्वजनिक हुँदैगर्दा नेपाली कांग्रेसले ८२३४ मत प्राप्त गरेको छ । नेकपा एमाले पछि पछि देखिएको छ । एमालेले ६८१० मत प्राप्त गरेको छ।

उपमेयर पदमा भने नेकपा एमालेको अग्रता छ । नेकपा एमालेले ७५६४ मत प्राप्त गर्दा गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीले ५१०४ मत प्राप्त गरेको छ । अहिले इटहरीमा वडा नम्बर २,३,४,५,१७,१८ र१९ नम्बर वडाको मत गणना भइरहेको छ । वडा नम्बर २ र २० को अन्तिम परिणाम आइसकेको छ ।

वडा नम्बर १ मा नेपाली कांग्रेसका रतन कार्की १७४७ प्राप्त गर्दै निर्वाचित भएका छन् । वडा नम्बर २० मा पनि नेपाली कांग्रेसका मणिराम श्रेष्ठले २४०६ मत प्राप्त गरेर निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *