पोखरामा धनराज अगाडि, १८ हजार १२० मत गनियो

काठमाडौँ । पोखरा महानगरपालिकाको मेयरमा पाँच दलीय गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता कायमै राखेका छन् । १८,१२० को मत परिणाम अनुसार धनराजले ७४१४ मत ल्याउँदा एमालेका कृष्ण थापाले ६५४५ मत ल्याएका छन् ।

उपमेयरमा गठबन्धनकी कोपिला रानाभाटले ७६३३ ल्याउँदा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङले ७४३८ मत ल्याएकी छिन् । मेयरको तुलनामा उपमेयर पदमा मतान्तर कम रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − nine =