बैतडी सुर्नयाको अध्यक्षमा एमालेका कुँवर निर्वाचित

काठमाडौँ । बैतडीको सुर्नया गाउँपलिकाको अध्यक्षमा एमालेका अम्मर कुँवर विजयी भएका छन्।

कुँवरले नेकपा एकीकृत समाजवादीका नरेन्द्र विष्टलाई २६ मतान्तरले पराजित गर्दै जित भएका हुन्। एमालेका कुवँरले २३५० मत ल्याउँदा एकीकृत समाजवादीका विष्टले भने २३२४ मत ल्याएका छन्।

उपाध्यक्षमा भने नेपाली कांग्रेसले जित निकालेको छ। कांग्रेसकी मञ्जु बोहरा २१३२ मतसहित पालिका उपाध्यक्षमा निर्वाचित भएकी हुन्।  उनका प्रतिस्पर्धी राप्रपाका देवबहादुर चन्दले १९४१ मत पाएका छन्।

सुर्नयामा नेपाली कांग्रेसबाहेक सत्ता गठबन्धनका अन्य चार दलबीच चुनावी तालमेल भएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *