अछामको चौरपाटीको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

धनगढी । अछामको चौरपाटी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका भीमबहादुर साउद विजयी भएका छन्।

निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामबहादुर आउजीलाई हराउँदै कांग्रेसका भीमबहादुर साउद अध्यक्षमा ९८२ मतसहित विजयी भएका हुन्। एमालेका आउजीले भने २५०६ मत पाएका हुन्। यस्तै, एकीकृत समाजवादी र माओवादी केन्द्रको गठबन्धनका उम्मेदवार हर्कबहादुर साउदले १४७४ मत ल्याएका छन्।

साथै, उपाध्यक्षमा नेपाली कांग्रेसकी सरुदेवी खड्का एमालेकी अनिता खड्कालाई हराउँदै निर्वाचित भएकी छन्। कांग्रेसबाट विजयी खड्काले ३७३४ मत ल्याइन् भने उनकी प्रतिद्वन्द्वी एमालेकी खड्काले २४९१ मत पाएकी हुन्। यस्तै, गठबन्धनका जीवन विक्रम साउदले १७६३ मत ल्याएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *