पाख्रीवास नगरपालिका प्रमुखमा कांग्रेसका ज्ञान गुरुङ विजयी

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।

नेपाली कांग्रेसका तर्फबाट प्रमुखका उम्मेदवार ज्ञान बहादुर गुरुङ ५४९८ मत प्राप्त गरी निर्वाचित भएका छन् । गुरुङले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार भीम बहादुर राईलाई पराजित गरेका हुन् ।
उनले ५०५३ मत प्राप्त गरेका छन् ।

त्यस्तै, उप-मेयरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) कि नम्रता गौतम ५०६२ मत प्राप्त गरी विजयी भएकी छन् । उनले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार ओम प्रकाश निरौलालाई पराजित गर्दै विजयी भएकी हुन् ।
निरौलाले ४६४१ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *