माेरङकाे बुढिगंगामा १३ वटा मतपत्र हराएको भन्दै एमालेकाे बिराेध

माेरङ । माेरङकाे वुढिगंगा गाउँपालिकामा वडा नम्बर ४ काे १३ मत हराएको भन्दै एमालेका नेता कार्यकर्ताले निर्वाचन अधिकृतकाे कार्यालय घेराउ गरेका छन् ।

वडा नम्बर ४ काे मत गणना पछि एमालेका उम्मेद्वार सागर बराल ११ मतले पराजित भएका थिए । आज बिहान जम्मा मत जाेड्दा मतदान अधिकृतले बुझाएको मत अंक र मत गणना भएकाे तथ्यांकमा १३ मत नपुगेपछि एमालेले पुन मत गणना हुनु पर्ने माग राखेकाे छ ।

याे वडामा नेपाली काङ्ग्रेसका शशिकान्त चाैधरीले ८१९ मत ल्याएर विजयी भएका थिए । बरालले ८०८ मत पाएका थिए ।

११ मतले पराजित भएका बराललाई हराउन १३ मत गायब बनाउने काम निर्वाचन अधिकृतकाे कार्यालयबाट भएको आराेप लागेकाे छ ।अहिले कास्यालयमा उनिहरूले घेराउ गरेका छन् भने व्यापक प्रहरी परिचालन गरेकाे छ ।

उनिहरूले पुन मत गणना हुनु पर्ने माग गरेका छन् ।

निर्वाचन अधिकृतकाे कार्यालयले मत गणनाकाे सबै प्रक्रिया पुर्याएर मतदान सम्पन्न गरेर परिणाम सार्बजनिक गरिएको अबस्थामा पुन मत गणना गर्न नसकिने बताए ।

निर्वाचन अधिकृत मणीराम पाेखरेलले पुन मत गणनाकाे लागि माग भएर निवेदन अाएकाेले कानुनी प्रक्रियामा जान भनिएकाे बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *