के हुँदैछ विराटनगरको मतगणना स्थलमा, पत्रकारदेखि उम्मेदवारका कुरा

विराटनगर । आदर्श माध्यामिक विद्यालय विराटनगर महानगरपालिकाको मत गणना स्थल हो । यहाँ उम्मेदवारको प्रतिनिधि बाहेक जो कोहीलाई प्रवेश दिइँदैन ।

उम्मेदवार, मत गणनाका लागि पठाइने उम्मेदवारका प्रतिनिधि मात्र हैनन् आफ्नो परिचय पत्र बोकेर भित्र प्रवेश गर्ने कर्मचारी, पत्रकारलाई अहिले यो विद्यालयको कम्पाउण्डभित्र प्रवेश दिइन्छ ।

मुख्य गेटमा बसेका प्रहरीले सोधी खोजी गर्छन् अनी मात्र भित्र प्रवेश दिन्छन् । विगत ३ दिन देखि यो अवधिमा करिब १८ हजारको हाराहारीमा मत गणना हुँदै गर्दा केही वडाको नतिजा सार्वजनिक भइसकेको छ भने केही हुँदै छ, मत गणना जारी छ ।

मत गणना स्थलमा २४ घण्टा नै जस्तो अहिले पत्रकारको खटाई छ । कतिबेला कति मत आउने हो र कसको पल्ला भारी कता हुँदैछ हिसाबकिताब गरेर विद्यालयको प्राङ्गणमा बसेका पत्रकारहरू ।पट्यारलाग्दो बसाईले अनी कामको धपेडीका बिचमा पनि कोही टिकटकमा रमाउँदै थिए भने कोही आफ्नो टेलिभिजनमा मत गणनाको परिणाम सुनाउनमा व्यस्त देखिन्थे । एकैछिन फुर्सद पाएपछि टिकटक बनाउन व्यस्त देखिएकी न्युज २४ टेलिभिजनकी पत्रकार तथा नेपाल पत्रकार महासंघ मोरङकी उपाध्यक्ष तारा आचार्य एकैछिन भएपनि मनोरन्जनको लागि टिकटक बनाएको बताउँदै थिइन् । उनीसँगै साथ दिनेमा थिईन हिमशिखर टेलिभिजनकी चीना थापा ।

‘अपडेट नआउँदाको समयको सदुपयोग गरेका हौँ’, उनले भनिन्, ‘सँधै कामको धपेडीसँगै कुनै बेला त मनोरन्जन पनि त लिनु पर्यो नि ।’ कोही गफिँदै हिसाबकिताबमै दिन कट्ने गरेको छ।
पत्रकारहरू जब मत गणनाको विवरणहरू घोषणा हुन्छ अनि फेरि गुटुटु कुदेर नजिकै पुग्छन्, कसको कति मत आयो, हिसाव किताव गर्छन् र फेरि उस्तै गरि आफ्नो कार्यमा फर्किन्छन् । यस्तो दैनिकी शुरु भएको बल्ल तेस्राे दिन हुँदैछ ।

यो क्रम झण्डै १० दिन कुर्नुपर्ने आकलनहरू पनि हुँदै आएको छ । ८९ हजार ७८९ मत खसेको विराटनगर महानगरपालिकामा दिउँसो करिब ३ बजेसम्ममा १७३९४ मत गणना भएको छ । यही अनुमातमा अझै केही दिन यसै गरि केही मनोरन्जनसँगै तनाबको बिच काम गर्दै जानुपर्ने नेपाल पत्रकार महासंघ मोरङका सचिव तथा नेपाल समय अनलाईनका प्रदेश १ प्रतिनिधि नेत्रपी अधिकारी बताउँछन् । ‘रमाईलो भन्दापनि हामी पत्रकारहरू बढी काममा केन्द्रीत हुन्छौँ, उने भने, गफगाफ कुराकानी त हुन्छन् नै, हामीलाई सबैभन्दा बढी तनाव तथ्यांक लिनको लागि हुने गरेको छ।’ निर्वाचन अधिकृतको कार्यालयले लामो समयसम्म विवरण सार्वजनिक नगर्दा कतिपयसमय त त्यसै बित्ने गरेको उनी सुनाउँछन् ।

खुसीसँगै थकित उम्मेदवार

मतगणना स्थलको अबस्था हेर्दा लाग्छ कोही निक्कै उत्साहित देखिँदैछन् कोही निक्कै भावुक मुद्रामा आफ्ना अभिव्यक्ति दिन खोज्दै गरेको देखिन्छ । कोही थकित मुन्द्रमा देखिन्थे । मत गणना स्थलमा भेटिएकी वडा सदस्यकी उम्मेदवार जुनु पोखरेल आफ्नो वडाको गणना भर्खरै शुरु भएकोले के हुने हो भन्ने अन्यौलमा थिइन् ।

 

करिब ४ बजेतिर एउटा समूह बाहिर बाजागाजा सहित आईपुग्यो र हिप हिप हुर्रेको नारा लगाउन थाल्यो । वडा नम्बर १८ मा स्वतन्त्र उम्मेदवारी दिएका वडा अध्यक्ष बिजयी भएको खुसीयाली देखिन्थे । वडा नम्बर १८ बाट स्वतन्त्र वडा अध्यक्षका उम्मेदवार जीतेन्द्रकुमार साह भन्दै थिए, ‘हामी स्वतन्त्रहरूले जितेका छौँ, म मात्र हैन मेरा वडा सदस्यहरू पनि स्वतन्त्रबाट जित्नु भएको छ।’

अहिले विराटनगरपालिकामा वडा नम्बर १,२,३, ५, १४, १५, १६ र १८ वडामा मत गणना भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *