ताप्लेजुङको मैवाखोला गाउँपालिकामा माओवादी केन्द्रका विजयप्रकाश विजयी

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयप्रकाश वनेम विजयी भएका छन् ।

सत्ता गठबन्धनतर्फका माओवादी उम्मेदवार वनेम २६०९ मत प्राप्त गरी विजयी भएका हुन्, भने नेकपा एमालेका राजनकुमार थत्लुङले २०५२ मत प्राप्त गरेका छन् ।

त्यस्तै, उक्त गाउँपालिका उपाध्यक्षमा गठबन्धनकै तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार कमलकुमारी लिम्बू २५४१ मत प्राप्त गरी विजयी भएकी छिन्, भने एमालेकी कौशिला थक्लुङले २१०१ मत प्राप्त गरेकी छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *