जुम्लाको हिमामा अध्यक्ष-उपाध्यक्षमा दुवैमा कांग्रेस विजयी

सुर्खेत । जुम्लाको हिमा गाउँपालिकाको अध्यक्षका नेपाली कांग्रेसका लक्ष्मण शाही निर्वाचित भएका छन्।

कांग्रेसका शाहीले नेकपा माओवादी केन्द्रका अम्मरराज शाहीलाई पराजित गरेका हुन्। कांग्रेसका शाही एक हजार ८ सय ७२ मत ल्याएर विजयी हुँदा माओवादीका शाहीले एक हजार ४२३ मत प्राप्त गरेका छन्। उनी अखिल क्रान्तिकाका युवना नेतासमेत हुन्।

यस्तै, उपाध्यक्षमा पनि कांग्रेसकै सुर्पना शाही विजयी भएकी छन् उनले एक हजार ६१८ मत ल्याएकी छन्। उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रकी कल्पना दमाईले एक हजार ४८९ मत ल्याएकी छन्।

यसअघि ०७४ को निर्वाचनमा सो पालिकामा नेकपा माओवादी केन्द्रले वर्चश्व जमाएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *