विराटनगरमा कांग्रेसले मतान्तर बढायो, जसपा घस्रँदै

विराटनगर । विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायम गरेको छ । गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नागेश काेइरालाले ५५३२ प्राप्त गरेका छन् ।

उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सागर थापाले ३९७४ मत प्राप्त गरेका छन्। पछिल्लो मत सार्बजनिक हुँदासम्म नेपाली कांग्रेसले १५५८मतले अग्रता कायम राखेको छ।

स्वतन्त्र लालटिनका उमेश यादवले १७५६ मत पाए । उपमेयरमा नेकपा एमाले कि शिल्पा निराला कार्किले ४५६३ मत प्राप्त गरणदा उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका उम्मेद्वार जसपाका अमरेन्द्र यादवले ३१७५मत प्राप्त गर्दै पछ्याउँदै छन् ।

राप्रपाकी विन्दाकुमारी लसईटेलले १२२२ मत प्राप्त गरिन् । विराटनगर महानगरपालिकामा १७३९४ मत गणना भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *