मतगणनाका लागि बन्द कोठामा राखिएका सबै मतपत्र गणना हुने : प्रमुख आयुक्त थपलिया

विराटनगर । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदान भएर मतगणना गर्ने स्थानमा आइसकेका र बन्द कोठामा राखिसकेका सबै मट पेटिका गणना हुने बताएका छन् ।

सोमबार बिहान विराटनगर आइपुगेका मुख्य निर्वाचन आयुक्त थपलियाले मतगणनालाई तिब्रता दिन आग्रह गरे । राज्यको स्रोतसाधन पटकै पिच्छे खर्च गरेर निर्वाचन गरिराख्न नसकिने भन्दै मतगणनास्थल ल्याइएका सबै मतपेटिका गणना हुने उनको भनाई छ ।

थपलियाले विराटनगरसहित देशैभरी जेठ ५ गतेभित्र मतगणना सम्पन्न गरिसक्न समेत निर्देशन दिए । आयुक्त थपलिया मोरङको रंगेली नगरपालिकाको स्थगित मतगणनास्थलमा जानको लागि बिराटनगर आएका हुन् ।

रंगेली नगरपालिकाको मत गणना शनिवार रातीदेखि स्थगित छ । शनिवार राती नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले मतपेटिका खुला रहेको भन्दै बखेडा झिकेका थिए । रंगेली नगरपालिकामा कांग्रेस र जसपा बिच तालमेल छ । सानातिना बहानामा जनताले मतपेटिकामा व्यक्त गरिसकेको अभिमतलाई गणना गर्न ढिलाई गरेर रोक्न नसकिने आयोगको भनाई छ ।

प्रमुख आयुक्त थपलियाले मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहाललाई कर्मचारी र सुरक्षालगायतका काम व्यवस्थापन गर्न निर्देशन दिए । त्यसका लागि मोरङका मुख्य निर्वाचन अधिकृत भरत लम्साललाई समन्वय गरिदिन आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *