शैल्यशिखरमा मेयर र उपमेयरसहित ८ वडामा एमालेकाे ‘क्लिन स्वीप’

दार्चुला । शैल्यशिखर नगरपालिकामा एमालेले मेयर, उपमेयर लगायत ८ वडामा ‘क्लिन स्वीप’ गरेकाे छ ।

नगरप्रमुखमा एमालेका विजयसिंह धामी ५५०९ मत ल्याई विजय भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार तथा निवर्तमान मेयर अमरसिंह धामीले ४६६२ मत ल्याएर पराजित भएका हुन् ।

त्यस्तै, नगर उपप्रमुखमा एमालेकी शान्ति खडायत ५६४८ मत ल्याएर विजय भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी राजमती बम पालले ४५७५ मत ल्याएकी छन् ।

९ वडा रहेकाे शैल्यशिखरमा ८ वटा वडामा एमालले क्लिन स्वीप गरेकाे छ भने १ वटा वडामा कांग्रेसले सबै सिटहरू विजय हासिल गरेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *