विराटनगरको मेयरमा गठबन्धनले बढायो मतान्तर

विराटनगर । विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसले अग्रतालाई कायम राखेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली कांग्रेसका नागेश कोइरालाले ४९९६ मत ल्याउँदा नेकपा एमालेका सागर थापाले ३५१८ मत प्राप्त गरेका छन् । कोइरालासँग थापाको मतान्तर १४७९ पुगेको छ ।

स्वतन्त्र उम्मेदवार उमेश यादवको लालटिनले १६१९मत प्राप्त गरेको छ । उपमेयर पदको लागि नेकपा एमालेको शिल्पा कार्कीले ३९९६ मत ल्याउँदा गठबन्धनका उम्मेदवार जसपाका अमरेन्द्र यादवले २९३३ मत प्राप्त गरेका छन् । राप्रपाकी विन्दाकुमारी लुइँटेलले ९६५ मत प्राप्त गरे ।

विराटनगर महानगरपालिकाको वडा नम्बर १९मा नेकपा एमालेका श्याम घिमिरे र वडा नम्बर १७ मा जसपाका समिम कमर वडा अध्यक्षमा निर्वाचित भई सकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *