दार्चुलाकाे शैल्यशिखरमा दुर्घटना, ३ जनाकाे मृत्यु

दार्चुला । जिल्लाकाे शैल्यशिखर नगरपालिकामा ६ मा हाइस दुर्घटना भएकाे छ ।

गोकुलेश्वरबाट पनेबाजतर्फ जाँदै गरेको म १ ज २७७ नम्बरको हाइस शैल्यशिखर नगरपालिकाको वडा नम्बर ६ ग्वानीमा दुर्घटना भएकाे हाे । दुर्घटनामा तीन जनाकाे मृत्यु भएकाे छ ।

हाइस सकडबाट झण्डै १००० मिटर तल खसेकाे प्रहीरीले जनाएकाे छ ।

दुर्घटनामा परी मृत्यु हुनेहरूमा चालक प्रकाशसिंह धामी, यात्रुहरू नवीनसिंह धामी र हरिश धामीको रहेका छन् । मृतक तीनैजना ग्वानीका स्थानीय रहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *