गौतम बुद्ध विमानस्थल उद्घाटन, ७४ वर्षपछि बल्ल अर्को अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा

काठमाडौँ । रुपन्देहीमा निर्माण गरिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सोमबारबाट सञ्चालनमा आएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त विमानस्थल सञ्चालनमा ल्याएका हुन् । यो सँगै नेपालमा ७४ वर्षपछि अर्को अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ ।

यसअघि निजगढमा निर्माण गरिने भनिएको विमानस्थललाई दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा निर्माण गरिने भनिएको थियो । तर, उक्त विमानस्थलको निर्माण कागजमै सीमित भएपछि गौतम बुद्ध विमानस्थल दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बन्न सफल भएको हो । नेपालको राजधानी काठमाडौँमा रहेको त्रिभुवन विमानस्थलले हवाई यातायात र यात्रुको चाप धान्न नसकेपछि वर्षौंदेखि नेपालमा अर्को अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको माग हुँदै आएको थियो ।

गौतमबुद्ध विमानस्थल सञ्चालमा आएसँगै अन्तर्राष्ट्रिय उडानका लागि त्रिभुवन विमानस्थलले खेप्दै आएको अत्यधीक चाप कम हुने विश्वास गरिएको छ ।

विमानस्थलको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त विमानस्थलमा उडान भर्न वायु सेवा कम्पनीहरुलाई आग्रह गरे ।

कार्यक्रममा पर्यटनमन्त्री प्रेमबहादुर आलेले विमानस्थल सञ्चालनमा आएसँगै यसले पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताए । उनले हवाई सेवा कम्पनीलाई उक्त विमानस्थलमा सेवा दिएपछि विशेष छुट समेत दिने बताए ।

एसियाली विकास बैंक ऋण सहयोगमा यो विमानस्थलदको निर्माण नर्थ वेस्ट सिभिल कम्पनीले गरेको हो । विमानस्थलको उद्घाटन जजिरा एयरको जहाज अवतरण गरेर गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =