साल्पासिलिछो गाउँपालिको अध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी

विराटनगर । भोजपुरको साल्पासिलिछो गाउँपालिकामा स्वतन्त्र उम्मेदवारले पालिकाको अध्यक्ष जितेका छन् । स्वतन्त्र उम्मेदवारी दिएका दौलथकुमार कुलसङ राईले १८१४ मत ल्याउँदै विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका महेश राईले १७८६ मत प्राप्त गरे । उपाध्यक्षमा नेपाली कांग्रेसकी अस्मिता कुलसङ राई निर्वाचित भइन् । उनले १८६२ मत प्राप्त गर्दा एमालेकी रीता घलेले १५८० मत मात्र ल्याइन् ।

६ वटा वडा रहेको यो पालिकाको ४ वटा वडामा कांग्रेसले जितेको छ भने एमाले र माओवादी केन्द्रले एक एक वडा जितेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *