म्याङलुङ नगरपालिकाको प्रमुख उपप्रमुखमा एमाले विजयी
२०७९ जेठ २ गते

विराटनगर । तेह्रथुमको म्याङलुङ नगरपालिकाको मेयरमा नेकपा एमालेका सञ्जयकुमार तुम्बाहाम्फे विजयी भएका छन् । मेयरमा निर्वाचित तुम्बाहाम्फेले ५ हजार ११७ मत प्राप्त गरेका छन् । कांग्रेसका उम्मेदवारले ४ हजार ४७८ मतमात्रै प्राप्त गरेका छन् ।
उपमेयरमा पनि एमालेकै जमुनादेवी सुवेदी निर्वाचित भएकी छन् । उनले ५ हजार २१० मत पाएकी छन् । निकटतम प्रतिस्पर्धी कांग्रेसकी पार्वती सानु डाँगीले ४ हजार ४१४ मत पाएको मुख्य निर्वाचन अधिकृत महेन्द्रप्रसाद पोखरेलले जानकारी दिए ।
मेयरमा विजयी सञ्जय कुमार निवर्तमान नगर प्रमुख हुन् । एमालेसँग पराजित डाँगी पनि निवर्तमान उपप्रमुख हुन् ।
२०७९ जेठ २ गते
प्रतिक्रिया
सम्बन्धित









