पोखरा महानगरमा गठबन्धनकै पकड

पोखरा । कास्कीको पोखरा महानगरपालिकामा ४६०० मत गणना हुँदा गठबन्धनको अग्रता कायमै छ।

पोखराको मेयरमा गठबन्धनका उम्मेदवार धनराज आचार्यले कलम चिह्नमा २०६३ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेका कृष्ण थापाले सूर्य चिह्नमा १९३७ मत पाएका छन्। त्यस्तै,  उपमेयरमा पनि गठबन्धनकी कोपिला रानाभाटले रूख चिह्नमा १९२५ मत प्राप्त गर्दा एमालेकी मन्जु गुरुङले सूर्य चिह्नमा १७६५ मत पाएकी छन्।

हाल पोखरा महानगरका वडा नं १, २, १२, २३, २४ र २५ को गणना जारी छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *