बढी मतपत्र भेटिँदा भीमदत्तमा स्थगित मतगणना सुरु भएन, पुनः मतदान गर्न माग

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा मतपेटिकामा मुचुल्काभन्दा बढी मत्रपत्र भेटिएपछि रोकिएको मतगणना अझै सुरु हुन सकेको छैन । सर्वदलीय बैठकले पनि सहमति जुटाउन नसकेपछि मतगणना अनिश्चित बनेको हो ।

भीमदत्त नगरपालिका वडा नं २ को मतगणा गर्ने क्रममा एक सय मतपत्र भनी खोलिएको पोकामा एक सय २० मतपत्र भेटिएपछि विवाद भएको थियो । दिउँसो १२ बजेदेखि सो वडामा मतगणना रोकिएको छ । नेपाली कांग्रेसबाहेक अरू दलहरूले पुनः मतदान गर्नुपर्ने माग गरेको बताइएको छ । अन्य दलहरूले पुनः मतदान गर्नुपर्ने माग गरेपछि निर्वाचन आयोगले भने अस्वीकार गरेको बताइएको छ ।

दिउँसो १२ बजेदेखि रोकिएको भीमदत्तको मतगणना ७ घण्टा बित्न लाग्दा पनि सुरु हुन सकेको छैन । भीमदत्तमा मेयर र उपमेयरमा नेपाली कांग्रेसले अग्रता लिइरहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *