पाेखरा महानगरमा गठबन्धनको अग्रता

पाेखरा । कास्कीको पाेखरा महानगरपालिकामा ३५०० मत गणना हुँदा गठबन्धनको अग्रता कायमै छ।

पोखराको मेयरमा गठबन्धनका उम्मेदवार धनराज आचार्यले कलम चिह्नमा १३४९ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेका कृष्ण थापाले सूर्य चिह्नमा १२५० मत पाएका छन्। त्यस्तै,  उपमेयरमा पनि गठबन्धनकी कोपिला रानाभाटले रूख चिह्नमा १४५० मत प्राप्त गर्दा एमालेकी मन्जु गुरुङले सूर्य चिह्नमा १४०५ मत पाएकी छन्।

हालसम्मको मत परिणाम अनुसार पोखरा महानगरमा मेयर र उपमेयर दुवै पदमा गठबन्धनले अग्रता लिएको देखिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *