धनगढी १ मा प्यानलसहित कांग्रेस विजयी

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा नेपाली कांग्रेस प्यानलसहित विजयी भएको छ । वडाध्यक्षमा पुनः सन्तोष मुडभरी विजयी भएका छन् ।

आइतबार सम्पन्न मतगणनाअनुसार १ हजार १८३ मत ल्याउँदै मुडभरी विजयी भएका हुन् । वडा सदस्यमा दलित महिला सदस्यमा सरस्वती लुहार, महिला सदस्यमा सत्यदेवी जोशी, सदस्यमा धर्मराज उपाध्याय र डम्मरनाथ जोशी विजयी भएका छन् ।

वडा नम्बर १ को अध्यक्षमा माओवादी केन्द्रबाट यदु सुनार, एमालेबाट ज्ञानेन्द्र मल्ल, एकीकृत समाजवादीबाट लालबहादुर सुनार, राप्रपाबाट विष्णुराज जोशी, स्वतन्त्रबाट रोशन शाही, लक्ष्मण बिक, हिरेन्द्रबहादुर शाह, सामाजिक एकता पार्टीबाट मेलराम डगौरा थारु र जनता समाजवादी पार्टीबाट सिमादेवी सेवाले उम्मेदवारी दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *