सल्यानका ३२ र जाजरकोटका १९ वडाकाे मत परिणाम, कहाँ कसले जिते ?

सुर्खेत । कर्णालीका जिल्लाहरुमा जारी मतगणनाबाट वडाहरुको नतिजा सार्वजनिक हुने क्रम जारी छ । यसअन्तर्गत सल्यानका ३२ र जाजरकोटका १९ वटा वडातहरुको नतिजा सार्वजनिक भएको छ । ८३ वटा वडा रहेको सल्यानमा प्राप्त नजिता अनुसार १४ वटा वडामा नेपाली कांग्रेस, १३ वटामा माओवादी र एमालेले ५ वडातहमा जित हासिल गरेको छ।

कांग्रेसका तर्फबाट त्रिबेणी गाउँपालिका–१ मा दलबहादुर बस्नेत, शारदा नगरपालिका–१ मा प्रदिप पाण्डे, २ मा सविन हमाल, ३ मा तुलसा भण्डारी, ५ मा प्रदेश शाही, छत्रेश्वरी गाउँपालिका–१ मा प्रकाश हमाल, कुमाख गाउँपालिका–२ मा इश्वरी शाही, ३ मा केवल राणा, बागचौर नगरपालिका–११ मा केश बहादुर भण्डारी, १२ मा टिकाराम वली, बनगाड–१ मा थुम बहादुर विसी,१२ मा लाल बहादुर घर्ती, कपुरकोट गाउँपालिका–३ मा प्रदिप खड्का, त्रिबेणी गाउँपालिका–३ मा कर्णदेव डाँगी विजयी भएका छन् ।

माओवादीले कुमाख गाउँपालिका–१ मा डिल्ली राना, ५ मा पदम बुढा, ६ मा कर्ण बहादुर विक, ७ मा डम्बर शाही, कपुरकोट –१ मा बालाराम खड्का, दार्मा–१ मा टंक वली, २ मा सार्के खत्री, सिद्धकुमाख गाउँपालिका–१ मा रमेश चलाउने, २ मा मेघराज बुढाथोकी, बनगाड कुपिण्डे–२ मा मानबहादुर खत्री, कालिमाटी–६ मा टेकराज पुलामी मगर, बागचौर –६ मा ज्ञान बहादुर वली र छत्रेश्वरी– २ मा प्रेम पहाडी विजयी भएका छन् ।

एमालेले कालिमाटी–४ मा बेल बहादुर चन्द, ५ मा टोप बहादुर कार्की, त्रिबेणी–२ मा हस्त बहादुर राम्जा, कपुरकोट–२ मा इश्वर बुढा र शारदा–४ मा किशोर कुमार हमाल विजयी भए ।

यता ७७ वटा वडा रहेको जाजरकोटका १९ वडाको नतिजा सार्वजनिक भएको छ ।

बारेकोट गाउँपालिका– ९ मा एमालेबाट दानबहादुर शाहीको प्यानल विजयी भएको छ भने ८ मा कांग्रेसका योगेन्द्र सिंह (जलन) विजयी भएका छन् ।

जुनिचाँदे गाउँपालिका –५ मा माओवादीका जय बहादुर बस्नेत विजयी भएका छन् भने ७ मा पनि माओवादीकै निशान घर्ती विजयी भएका छन् । सोही पालिकाको ८ वडामा पनि माओवादीका लोकबहादुर थापा र १० मा कांग्रेसका उदयबहादुर रोकाय विजयी भएका छन् ।

भेरी नगरपालिका–१ मा माओवादी केन्द्रका दीपक रानाको प्यानल नै विजयी भएको छ । वडा १३ मा कांग्रेसका यज्ञ बटाला अध्यक्षमा विजयी भएका छन् । नलगाड नगरपालिका –१ मा माओवादीका धर्मेन्द्र महरको प्यानलै विजयी भएको छ भने सोही पालिकाको २ नम्बर वडामा कांग्रेसका पूर्णबहादुर खत्री विजयी भएका छन् ।

यस्तै वडा नं. १३ मा माओवादीका सेते गिरीले जितेका छन् । यता कुशे–१ मा कांग्रेसका नरबहादुर सिंह प्यानलसहित विजयी भएका छन् सोही पालिकाको नौ वडामा पनि कांग्रेसकै शिवराज गिरी विजयी भएका छन् । छेडागाडको–१ मा कांग्रेसबाट रामबहादुर बुढा विजयी भएका छन् भन१३ मा गठबन्धनका उम्मेदवार मोतीलाल खत्री सहितको प्यानलसहित विजयी भएको छ ।

यस्तै, शिवालय गाउँपालिका– १ मा माओवादीका नरबहादुर राना, २ मा एमालेका कर्णबहादुर ओली र ९ मा माओवादीकै दीपक खड्का विजयी भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *