यी हुन मोरङ, सुनसरीमा निर्वाचित १९ वडा अध्यक्ष

विराटनगर । मोरङ र सुनसरी जिल्लाका बिभिन्न वडामा अहिलेसम्म १९ जना निर्वाचित भएका छन् । अन्तिम मत परिणाम सार्बजनिक भएको वडाहरुमा एमालेले ८–८ वडामा जीत हाँसिल गरेका छन् । एकिकृत समाजवादी, माओवादी र राप्रपाले एक–एक वडा जितेका छन् ।

सुनसरीमा एमालेले ३, कांग्रेस,राप्रपा र समाजवादीले एक–एक वडामा निर्वाचित भए । सुनसरीको धरान उपमहानगरको वडा नम्बर २ , दुहवी नगरपालिका वडा नम्बर १ र वर्जु गाँउपालिकाका १ नम्बर वडामा एमाले बिजयी भएको छ।

इटहरी उपमहानगरपालिका वडा नम्बर २०, भोक्राह नरसिंह गाउँपालिका वडा नम्बर १ मा राप्रपा र हरिनगर गाउँपालिका वडा नम्बर ७मा एकिकृत समाजवादी बिजयी भएका छ।

मोरङमा अहिले सम्म १३ वडाले नेतृत्व पाएको छ। सवैभन्दा बढि नेपाली कांग्रेसका ७, नेकपा एमालेका ५ र माओवादी केन्द्रबाट १ जना वडा अध्यक्षमा निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयहरुले जनाएको छ ।

कानेपोखरी गाउँपालिका १ मा रत्न बहादुर कार्की, जहदा गाउँपालिका ७ मा भगवान मरण्डी, मिक्लाजुङ गाउँपालिका १ मा पर्वत राई र २ मा बलबहादुर श्रेष्ठ कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका छन् । लेटाङ नगरपालिका वडा नम्बर ९ मा नन्दप्रसाद खतिवडा, सुनबर्षी नगरपालिका १ मा वीर बहादुर राई र वडा २ मा विनोद कुमार राजवंशी वडाध्यक्षमा कांग्रेसबाट निर्वाचित भए ।

एमालेबाट वडाध्यक्षमा कटहरी गाउँपालिका १ मा हरिनारायण राजवंशी, कानेपोखरी गाउँपालिका ७ मा मोहनप्रसाद अधिकारी, केराबारी गाउँपालिका वडा नम्बर १ मा शरण थापा मगर, ग्रामथान गाउँपालिका ७ मा विरेन्द्र चौधरी र लेटाङ नगरपालिका १ मा बिष्णु मगर निर्वाचित भए ।
मोरङमा माओवादी केन्द्रबाट धनपालथान गाउँपालिकाको वडा नम्बर १ मा खाजा हुसैन मियाँ निर्वाचित भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *