बागलुङ तमानखाेलाको अध्यक्षमा पुनः जाेकलाल बुढा निर्वाचित

पोखरा । बागलुङकाे तमानखाेला गाउँपालिकामा पुनः जाेकलाल बुढा अध्यक्षमा निर्वाचित भएका छन्।

माओवादी उम्मेदवार देवबहादुर पुनलाई हराएर जोकलाल बुढाले अध्यक्ष पदमा दोस्रोपटक बाजी मारेका हुन्। विजेता उम्मेदवार जाेकलालले २७०७ मत पाउँदा माओवादी उम्मेदवार पुनले १९९५ मत पाएका छन्। विजयसँगै अध्यक्ष बुढाले पालिकामा दाेश्राे कार्यकाल दाेहाेर्याउने भएका हुन्।

त्यस्तै, पालिकाको उपाध्यक्षमा माओवादीकी इशु रसाइलीलाई हराउँदै नेपाली कांग्रेसकी हिराकुमारी छन्त्याल विजयी भएकी छन्।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *