विजयोत्सव मनाउने क्रममा बेहोस भई लडेका वडा सदस्यको मृत्यु

काठमाडौँ । धनकुटाको चौविसे गाउँपालिका वडा नं २ का नवनिर्वाचित वडा सदस्य सूर्यअटल मगरको मृत्यु भएको छ।

मतपरिणाम सार्वजनिक भएपछि खुसीयाली मनाउँदै गर्दा वडा सदस्य मगर बेहोस  भई ढलेका थिए। सो घटनापछि उनलाई तत्काल उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल पुर्याइएको थियो। धनकुटाका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार उपचारका क्रममा अस्पतालमै मगरको मृत्यु भएको हो।

गत शनिबार मात्रै उनी नेकपा एमालेका तर्फबाट चौविसे गाउँपालिकास्थित वडा नं २ बाट वडा सदस्यमा उम्मेदवार उठी विजयी भएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *