कांग्रेसलाई पछि पार्दै बुढिगंगामा लियो एमालेले अग्रता

विराटनगर । मोरङको बुढिगंगा गाउँपालिकामा नेकपा एमालेले कांग्रेसलाई पछि पार्दै अग्रता लिएको छ । रातिसम्म नेपाली कांग्रेसका जीतनारायण थापा मगरले अग्रता लिँदै आएकोमा बिहानदेखि नेकपा एमालेका अध्यक्षका उम्मेदवार बलभद्र सरदार थारुले अग्रता लिएका हुन् ।

नेकपा एमालेका सरदारले १६२२ मत ल्याउँदा नेपाली कांग्रेसका थापाले १४४९ मत ल्याएर पछि परेका हुन् । त्यस्तै उपाध्यक्षमा भने कांग्रेसले अग्रता कायम राखेको छ। कांग्रेसकी अमृताकुमारी गच्छदारले १५४० मत ल्याउँदै अग्रता कायम राखेकी छिन् । त्यस्तै नेकपा एमालेकी तुलसीकुमारी कुँवरले १३७३ मत प्राप्त गरेकी छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *