शैल्यशिखरमा विजयकाे अग्रता कायमै, ४ वडामा एमालेकाे ‘क्लिन स्वीप’

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकाका एमालेबाट मेयरका उम्मेदवार विजयसिंह धामीले अग्रता कायम राखेका छन् ।

शैल्यशिखरका ४ वटा वडाकाे मतगना सम्पन्न हुँदा विजयले २ हजार ४९ मतसहित अग्रता कायम गरेका छन् । त्यस्तै, उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार अमरसिंह धामीले १ हजार ६ सय ४२ मत प्राप्त गरेका छन् । उनीहरू बीचमा ४ सय ७ मतअन्तर रहेकाे छ ।

४ वडामा एमालेकाे ‘क्लिन स्वीप’

शैल्यशिखरका ४ वडाकाे मतगणना सकिँदा ४ वटैमा एमालेकाे प्यानलै विजय भएकाे छ । पालिकाको वडा नम्बर १ काे वडाध्यक्षमा भरतबहादुर खडायत विजयी भएका छन् । यस्तै २ नम्बर वडामा एमालेका नरेन्द्र बहादुर पाल, वडा नम्बर ३ बाट पदमबहादुर चन्द विजयी भएका छन् । त्यस्तै, वडा नम्बर ४ मा रामसिंह ठगुन्ना विजयी भएका छन् ।

अहिले वडा नम्बर ५ को मतगणना जारी छ ।

याे पनिः 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *