मध्यरात कांग्रेस कार्यकर्ताबाट पत्रकार कुटिए 

विराटनगर । मध्यरातमा मतगणनाको रिपोर्टिङमा रहेका पत्रकार रवीन्द्र बरालमाथि कुटपिट भएको बारेमा प्रहरीमा उजुरी परेको छ । मोरङको रंगेली नगरपालिकाको मतगणना स्थलमा रहेका बराललाई बाहिर निस्कँदै गर्दा कुटपिट भएको हो ।

राती साँढे ११ बजेको समयमा नेपाली कांग्रेस र जनमत पार्टीका कार्यकर्ताले समाचारको विषयलाई लिएर कुटपिट गरेको बरालले जानकारी दिए । एभिन्युज टेलिभिजनको रंगेली संवाददाता बराललाई रंगेली नगरपालिका वडा नम्बर ४ का नेपाली कांग्रेसका कार्यकर्ता विकास अधिकारी र रंगेली कै जनमत पार्टीका रुपेश यादव सहितको समूहले कुटपिट गरेको थिए ।

उनीहरूविरुद्ध बरालले इलाका प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका छन् । पत्रकार बरालले आफूमाथि गाली बेइज्जती गर्नुका साथै हातपात समेत गरेको हुँदा उनीहरूलाई पक्राउ गरी कडा कारबाही गर्ने माग गरेका छन् । यसैबिच नेपाल पत्रकार महासंंघ मोरङले रिपोर्टिङको क्रममा पत्रकारमाथि भएको घटनाको ध्यानाकर्षण भएको बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *