खुम्बु पासाङ ल्हामुको अध्यक्ष/उपाध्यक्षमा एमाले विजयी

काठमाडौँ । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । पालिका अध्यक्षमा एमालेका मिङमा छिरी शेर्पा र उपाध्यक्षमा एमालेकै टासी ल्हामु शेर्पा विजयी भएका हुन् ।

अध्यक्षमा मिङमा छिरी शेर्पाले २ हजार २८ मत र उपाध्यक्ष २ हजार २३ मत ल्याएर विजयी भएका हुन् । निकटतम प्रतिस्पर्धी कांग्रेसका चुङबा शेर्पाले १ हजार ६ सय ९ मत र उपाध्यक्षमा कांग्रेसकै निर्मला थापा मगरले १ हजार ६ सय ८२ मत प्राप्त गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *