इटहरीकाे मेयरमा कांग्रेस र उपमेयरमा एमालेको अग्रता यथावत्

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकामा गठबन्धनले अग्रता कायम राखेको छ । गठबन्धनका उम्मेदवार हेमकर्ण पौडेलले १९२७ मत ल्याउँदा नेकपा एमालेका यामकुमार सुब्बाले १४२७ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपप्रमुखमा भने नेकपा एमालेले अग्रता कायम राखेको छ । एमालेको तर्फबाट उम्मेदवार संगिता चौधरी थारुले १५४३ मत प्राप्त भएकी छिन् भने गठबन्धनका उम्मेदवार केशवकुमार विष्टले १२६६ मत प्राप्त गरेका छन् ।

इटहरीमा अहिले वडा नम्बर १, २, १९ र २० को मत गणना भइरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *